काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा परित्याग गर्दै नयाँ राजनीतिक अभियान घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत खनालले ‘समाजवादी जागरण अभियान’ घोषणा गरेका हुन्।
खनालको नेतृत्वमा अघि बढ्ने अभियानको पहिलो भेलाले १५ वटा प्रस्तावसमेत पारित गरेको छ। पारित प्रस्तावमा विपद् जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय नीतिको पुनरवलोकन गर्नेदेखि कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्मका विषय समेटिएका छन्।








प्रतिक्रिया