कांग्रेस केन्द्रीय सदस्यमा राधाकृष्ण भण्डारी ‘राधे’ ले उम्मेदवारी दिने


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता राधाकृष्ण भण्डारी ‘राधे’ले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यको खुलातर्फ उम्मेदवारी दिने भएका छन्।

२०५५ सालदेखि नेपाली कांग्रेसको क्रियाशील सदस्यका रूपमा पार्टी राजनीतिमा सक्रिय भण्डारी धादिङका राजनीतिक व्यक्तिका रूपमा परिचित छन्। उनी लामो समयदेखि कांग्रेसको संगठन तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

भण्डारी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलका उपाध्यक्ष समेत हुन्। युवा संगठनमार्फत पार्टीको संगठन निर्माण र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका उनले अब पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो दाबी प्रस्तुत गर्न लागेका हुन्।