प्रतिभा उप्रेती कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवार


काठमाडौं । नेपाली कांग्रेसकी युवा नेतृ प्रतिभा उप्रेतीले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन्। नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुँदै कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेकी उप्रेती जेन्जी पुस्ताबाट केन्द्रीय नेतृत्वमा पुग्ने तयारी गरेकी हुन् ।

उप्रेती राजनीतिक संघर्षको विरासत बोकेको परिवारबाट कांग्रेसको राजनीतिमा आएकी हुन्। उनका पिता निलप्रसाद उप्रेतीले पञ्चायतकालमा पटक–पटक जेल जीवन बिताएका थिए। लोकतान्त्रिक आन्दोलनका क्रममा उनले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँगै बन्दी जीवनसमेत बिताएका थिए।

पारिवारिक राजनीतिक पृष्ठभूमिसँगै विद्यार्थी राजनीतिबाट सक्रिय भएकी प्रतिभा नेविसंघको केन्द्रीय सदस्य हुँदै पार्टीको महाधिवेशन प्रतिनिधि बनेकी हुन्।