काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मिरा कटुवालले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेकी छन्। उनले ३५ वर्षमुनिको युवा भूगोलतर्फबाट उम्मेदवारी दिन लागेकी हुन्।
उदयपुर, कोशी प्रदेशकी कटुवालले युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने लक्ष्यसहित उम्मेदवारी अघि सारेकी छन्।
कांग्रेसको नयाँ विधानअनुसार ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्येक प्रदेशको प्रतिनिधित्व हुने गरी केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ। सोही व्यवस्थाअनुसार कटुवालले कोशी प्रदेशबाट प्रतिस्पर्धा गर्न लागेकी हुन्।




प्रतिक्रिया