चन्द्र भण्डारीले उपसभापति पदमा उम्मेदवारी दिने


काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्। 

भण्डारीले उपसभापति खुलातर्फ उम्मेदवारी दिन लागेको बताए।

अहिलेसम्म उपसभापतिमा मीनेन्द्र रिजाल, देवराज चालिसे, ज्ञानेन्द्र कार्की, गोविन्द भट्टराई, दीपक गिरी, ज्ञानेन्द्र कार्की, सुरेन्द्रराज पाण्डे र मधु आचार्यलगायतले उम्मेदवारी दिने तयारी गरेका छन्।

समावेशी उपसभापतितर्फ धनराज गुरूङ, जीवन परियार, भीष्मराज आङदेम्बे र विनोद चौधरी उम्मेदवारी दिने तयारीमा छन्। 

महिला उपसभापति पदका लागि पुष्पा भुसालले उम्मेदवारी दिने तयारी गरेकी छन्। अहिलेसम्म महिला उपसभापतिमा अन्य प्रतिस्पर्धी देखिएका छैनन्।