नयाँ दिल्ली। भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भारतीय राष्ट्रिय कंग्रेससहितका विपक्षी दलहरू सडक आन्दोलनमा उत्रिएका छन्। निर्वाचन प्रक्रिया र आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै विपक्षी दलहरूले मंगलबार संसद् भवनदेखि निर्वाचन आयोगको मुख्यालयसम्म विशाल र्याली निकालेका हुन्।
कंग्रेसले सार्वजनिक गरेका मार्चका तस्बिरहरूमा प्रदर्शनकारीलाई रोक्न र स्थिति नियन्त्रणमा राख्न भारी मात्रामा प्रहरी तैनाथ गरिएको देखिन्छ।
यसअघि सोमबार भारतीय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले सामाजिक सञ्जाल ‘एक्स’मार्फत पार्टीका तीन ‘नन-नेगोसिएबल’ (सम्झौताहीन) मागहरू सार्वजनिक गरेका थिए।
अध्यक्ष खड्गेका अनुसार कंग्रेसका तीन प्रमुख मागहरूमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको तत्काल राजीनामा, विशेष निर्वाचन अनुसन्धान/पुनरावलोकन ऐन (एसआईआर) को खारेजी र आगामी चुनावहरू भोटिङ मेसिनको साटो मतपत्र (बैलेट पेपर) बाट गराइनुपर्ने रहेका छन्।
विपक्षी दलहरूले यी मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।




प्रतिक्रिया