देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी


काठमाडौं । नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

१५औँ महाधिवेशनअन्तर्गत राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले मंगलबार खुला समूहबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।