कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी


काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा मनोजमणि आचार्यले सहमहामन्त्रीमा उम्मेदवारी दिएका छन् । खस आर्यतर्फ उम्मेदवारी दिएका उनले गत पुसमा भएको पार्टीको दोस्रो विशेष महाधिवेशन सम्पन्न गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

तर उनले कुनै पनि पद नलिइ त्यागको भूमिका खेलेका थिए । अर्थात् उनी पद ओगट्न भन्दा पनि पार्टीलाई संविधानअनुसार र पार्टीको विधानअनुसार चलाउनु पर्छ भनेर कुनै पनि पद नलिइ विशेष महाधिवेशन सम्पन्न गर्न भूमिका खेलेका थिए ।

त्यतिमात्र होइन उनले गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा समेत उम्मेदवारी नदिइ पार्टीलाई संगठित गर्न लागि परेका थिए । आचार्य लामो समय नेपाल विद्यार्थी संघको राजनीतिमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र गुरुराज घिमिरेहरूसँग सँगसँगै काम गरेका नेता हुन् ।