उपसभापति पदमा मिनेन्द्र रिजालले दिए उम्मेदवारी


काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मिनेन्द्र रिजालले उपसभापति पदमा उमेदवारी दर्ता गराएका छन्। रिजालले खुला तर्फबाट उपसभापतिमा उमेदवारी दिएका हुन्।

कांग्रेसका बौद्धिक नेताका रूपमा परिचित रिजालले आजै उपसभापति पदमा उमेदवारी दिने घोषणा गरेका थिए। उनले राष्ट्रिय सभागृहस्थित निर्वाचन कार्यालय पुगेर उमेदवारी दर्ता गराएका हुन्।