काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता झलनाथ खनालबिच मंगलबार भेटवार्ता भएको छ ।
मानभवनस्थित प्रचण्ड निवासमा करिब डेढ घण्टा छलफल भएकाे हाे ।
भेटमा वरिष्ठ नेता खनालले हालै घोषणा गरेको ‘समाजवादी जागरण अभियान’ का उद्देश्य र आगामी कार्यक्रमबारे संयोजक प्रचण्डलाई जानकारी गराएका थिए।
खनालले वामपन्थी शक्तिहरूबिचको वैचारिक बहसलाई अघि बढाउँदै छरिएर रहेका कम्युनिस्ट शक्तिहरूलाई वैचारिक आधारमा एकताबद्ध गर्ने र वामपन्थी एकतालाई थप सुदृढ बनाउने अभियानको उद्देश्य रहेको स्पष्ट पारे।
साथै, आफू नेपाली कम्युनिस्ट पार्टीमै प्रतिबद्ध रहेको स्पष्ट पार्दै बाहिर विभिन्न भ्रमपूर्ण सूचना सम्प्रेषण गर्ने दुष्प्रयास भएकोप्रति दुःख व्यक्त गरे । साथै अभियान बारे जानकारी गराए पछि संयोजक प्रचण्ड घोषित अभियान सकारात्मक रहेको बताएका थिए।




प्रतिक्रिया