काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापति (महिला) पदमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।
उपसभापति महिलातर्फ भुसालको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन्।
कांग्रेसको संशोधित विधानअनुसार उपसभापतिका चारमध्ये एक पद महिलाका लागि छुट्याइएको छ ।
भुसाल गत विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित भएकी थिइन् । १५औँ महाधिवेशनमा उनले सोही पदमा निरन्तरता पाउन महिला उपसभापतितर्फ उमेदवारी दिएकी हुन् ।
मनोनयन दर्ता मंगलबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म चलेको थियो।




प्रतिक्रिया