कांग्रेस उपसभापति खुलातर्फ ९ जनाको उम्मेदवारी,काे-काे ?


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति खुलातर्फ ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार भएको मनोनयनमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा. मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका हुन् ।