काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले एउटै पदमा धेरै जनाले उम्मेदवारी दिँदा लामो समय पार्टीमा योगदान गरेका नेताहरू नै पराजित भएर नेतृत्वबाट बाहिरिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।
मंगलबार सभापति पदमा उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले सबैलाई मिलाएर लैजानुपर्ने भन्दै धेरै जना पदाधिकारी बन्ने प्रतिस्पर्धामा नलाग्न आग्रह गरे।
उनले मेयर, उपमेयर वा प्रदेश सांसद बन्न चाहने नेताहरूलाई केन्द्रीय सदस्यमा प्रतिस्पर्धा नगर्नसमेत सुझाव दिए। पार्टीको नयाँ संरचनाले जिल्ला र पालिकालाई समेत अधिकार दिएको भन्दै त्यहाँ बसेर पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने थापाको भनाइ छ।
विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरूलाई समेत समान अवसर दिन पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको उनले बताए।




प्रतिक्रिया