एमालेकाे स्थायी कमिटीको पहिलो बैठक बस्दै


काठमाडौँ । नेकपा (एमाले) ले स्थायी कमिटीको पहिलो बैठक बोलाएको छ ।

असोज २२ गते बिहीबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । 

गत असोज पहिलो साता सम्पन्न एमालेको तेस्रो केन्द्रीय कमिटीले स्थायी कमिटी गठन गरेको थियो ।