काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव वा सोसरह) का ४४ कर्मचारीको सरुवा गरेको छ।
मन्त्रालयका अनुसार सरुवामा शिक्षा, प्रशासन तथा इन्जिनियरिङ सेवाका कर्मचारीहरू समेटिएका छन्।
सरुवा हुनेमा लोकबहादुर लोप्चन, गेहनाथ गौतम, गोमादेवी चेम्जोङ, बासुदेव रेग्मी, विनोदकुमार पोखरेल, सीता परियार, मेघनाथ पाध्या, वेदनिधि खनाल, कल्पना घिमिरे नेपाल, चेतराज बराल, डोरेन्द्र निरौला, दीपक ज्ञवाली, गंगाधर पौडेल, टेककुमार रेग्मी, चित्रांगत बराल, दीर्घराज उपाध्याय, रामप्रसाद घिमिरे, जयराम श्रेष्ठ, रोजेन्द्रबहादुर अर्याल र शिवप्रसाद लम्साल छन्।
त्यस्तै हरि पंगेनी, अमृत महर्जन, ज्योति केसी बराल, प्रेमकाजी महर्जन, प्रकाश देवकोटा, अशोककुमार भण्डारी, केशव पौडेल, सिर्जना शर्मा, विष्णुराज बेल्बासे र सचिन्द्रकुमार यादवको पनि सरुवा भएको छ।
रोशनकुमार कठायत, सूर्यप्रसाद चापागाईँ, विष्णुप्रसाद पौडेल, जितेन्द्रकुमार यादव, घनश्याम भुसाल, हरिचन्द्र जोशी, केशवराज भट्टराई, अशोक अधिकारी, खेमराज काफ्ले, आशिष अर्याल र अनिल भुजेल पनि सरुवामा परेका छन्।




प्रतिक्रिया