काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि प्रवास क्षेत्रबाट विनोदबहादुर थापाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्। नेपाली जनसम्पर्क समिति मलेसियाका प्रमुख संरक्षकसमेत रहेका थापाले एसिया क्षेत्रीय तर्फबाट केन्द्रीय सदस्य पदका लागि मनोनयन दर्ता गराएका हुन्।
लामो समयदेखि मलेसियामा रहेर नेपाली कांग्रेसको संगठन विस्तार, समन्वय र पार्टीका गतिविधिमा सक्रिय रहँदै आएका थापाले प्रवासी नेपालीहरूको अधिकार, सम्मान र आवाजलाई पार्टीको केन्द्रीय नेतृत्वसम्म पुर्याउने उद्देश्यका साथ उम्मेदवारी दिएको बताएका छन्।
उम्मेदवारी दर्तासँगै थापाले प्रवासमा रहेका नेपालीका समस्या, मताधिकार, सामाजिक सुरक्षा र श्रमसम्बन्धी मुद्दाहरूलाई पार्टीको नीति निर्माण तहमा बलियोसँग उठाउने प्रतिबद्धता जनाएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व पुस्तान्तरण, संगठन सुदृढीकरण र बदलिँदो परिस्थितिअनुसार नीतिगत पुनर्संरचनाको बहस भइरहेका बेला प्रवासबाट थापाको केन्द्रीय सदस्य पदको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।




प्रतिक्रिया