उत्तराखण्डमा ५.१ म्याग्निच्युडको भूकम्प : सुदूरपश्चिम क्षेत्रमा धक्का महसुस


काठमाडौं । भारतको त्तराखण्ड आसपास केन्द्रबिन्दु बनाएर गएराति ५.१ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १०:३८ बजे उक्त भूकम्प रेकर्ड गरिएको हो।

भूकम्पको कम्पन नेपालको सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूमा समेत स्पष्ट महसुस गरिएको थियो। रातको समयमा एक्कासि भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण केही बेर घरबाहिर निस्किएका थिए।

हालसम्म प्राप्त जानकारीअनुसार भूकम्पका कारण नेपालतर्फ कुनै पनि मानवीय एवम् भौतिक क्षति भएको विवरण आएको छैन। सीमावर्ती क्षेत्रमा अवस्था सामान्य रहेको र स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ।