केन्द्रीय सदस्य पदकी उम्मेदवार बिनिता खड्काको अपिल–‘पार्टी रूपान्तरणका लागि मत दिनुहोस्’


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्य पदकी उम्मेदवार बिनिता खड्काले महाधिवेशन प्रतिनिधिसमक्ष मतका लागि अपिल गरेकी छन्।

महाधिवेशनको मतदानको दिनलाई विशेष दिनका रूपमा उल्लेख गर्दै खड्काले प्रतिनिधिहरूको एउटा मतले पार्टीको आगामी दिशा र भविष्य निर्धारण गर्ने बताएकी छन्।

खड्काले आफू पार्टी रूपान्तरण, नयाँ सोच र युवा सहभागिताका लागि निरन्तर अघि बढिरहेको उल्लेख गर्दै आफ्नो उम्मेदवारीलाई ती एजेन्डासँग जोडेर प्रस्तुत गरेकी छन्।

उनले महाधिवेशन प्रतिनिधिहरूको विश्वास र मत आफूलाई प्रदान गर्न आग्रह गरेकी छन्। खड्का नेपाली कांग्रेसको खुला महिलातर्फ केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन्। उनको क्रम संख्या २४ रहेको छ।

महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा र संगठनात्मक कार्यशैलीबारे बहस भइरहेका बेला खड्काले आफ्नो उम्मेदवारीमार्फत नयाँ सोच र युवाको सहभागितालाई प्राथमिकतामा राखेकी छन्।