कांग्रेसको नयाँ नेतृत्व छान्ने मतदाता को-को ? (सूचीसहित)


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिले बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी गरेको छ।

केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार मतदानका लागि आवश्यक तयारी पूरा गरिएको छ। महाधिवेशन प्रतिनिधिहरूले पार्टीका विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूलाई मतदान गर्नेछन्।

कांग्रेसले यसअघि नै महाधिवेशनमा सहभागी हुने ७ हजार २५५ जना प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। उनीहरूले सभापतिसहित विभिन्न पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारका पक्षमा मतदान गर्नेछन्।

मतदानसँगै कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया निर्णायक चरणमा प्रवेश गर्नेछ। प्रतिनिधिको मतबाट आगामी कार्यकालका लागि पार्टीको केन्द्रीय नेतृत्व चयन हुनेछ।