युवा नेतृत्व र डिजिटल कांग्रेसको एजेन्डासहित यमकृष्ण पौडेल मैदानमा


काठमाडौं । इन्जिनियर यमकृष्ण पौडेलले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। उनले पेशागत विषय विज्ञतर्फबाट उम्मेदवारी दिएका हुन् ।

पौडेलले क्रम संख्या २० रहेकाे छ । उनले ‘अब डिजिटल कांग्रेस निर्माणको लागि’ भन्ने नारासहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेका छन्।

उनले प्राविधिक ज्ञान, युवा नेतृत्व, डिजिटल कांग्रेस निर्माण, नीतिगत तथा संस्थागत सुधार र सबैको सहभागितामा कांग्रेस निर्माण गर्ने विषयलाई प्राथमिकता दिएका छन् ।