काठमाडौं । राष्ट्रिय जेन्जि नागरिक अभियानले दशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ ।
आपसी सद्भाव, भाइचारा, एकता तथा सामाजिक सहकार्यलाई थप सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको अभियानले जनाएको छ ।
कार्यक्रममा विभिन्न पक्षका व्यक्तित्व तथा प्रतिनिधिहरूलाई आमन्त्रण गरिने भएको छ। कार्यक्रममा विभिन्न जेन्जि अभियान तथा अभियन्ता, घाइते तथा सहिद परिवार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पत्रकार, खेलाडी, दिग्गज तथा अग्रज व्यक्तित्वलगायतलाई आमन्त्रण गरिने अभियानका सह–संयोजक अजय सोडारीले बताए।
सोडारीका अनुसार चाडपर्वको अवसरमा विभिन्न क्षेत्र र विचारधारामा रहेका व्यक्तिहरूबीच भेटघाट, शुभकामना आदानप्रदान तथा आपसी सद्भाव र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रम २०८३ साल असोज २५ गते बिहान ११:०० बजे काठमाडौंको कार्की ब्याङ्क्वेट, माइतीघर हाइटमा आयोजना हुनेछ।




प्रतिक्रिया