नयाँ दिल्ली । उडानका क्रममा ककपिटभित्रै सहपाइलटले आपत्कालीन बन्चरोले गरेको सांघातिक आक्रमणको प्रतिरोध गर्दै १७४ जनाको ज्यान जोगाएका फ्लाई दुबईका क्याप्टेन स्मित मच्छारलाई इजरायलले सर्वोच्च नागरिक सम्मान प्रदान गर्ने भएको छ।
गम्भीर घाइते अवस्थामै सहपाइलटको प्रयास विफल पारी विमान सुरक्षित रूपमा नियन्त्रणमा लिएका भारतीय क्याप्टेन मच्छारलाई ‘प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइज्म’ प्रदान गर्न लागिएको हो।
इजरायलका राष्ट्रपति इसाक हर्जोगले मच्छारको अदम्य साहस र व्यावसायिक दक्षताको प्रशंसा गर्दै उनी पूर्ण स्वस्थ भएपछि विशेष समारोहका बीच उक्त सम्मान हस्तान्तरण गरिने उल्लेख गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।




प्रतिक्रिया