गगन थापामाथि माेहन बस्नेतकाे आराेप: ‘विदेशीकाे इसारामा कांग्रेस विभाजन गरे’


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउवा समुहका नेता मोहन बस्नेतले गगन थापाले विदेशीको इसारामा कांग्रेस विभाजन गरिएको आरोप लगाएका छन्।

आज देउवा पक्षको क्षेत्रीय अधिवेशन उद्घाटन गर्न सिन्धुपाल्चोक पुगेका नेता बस्नेतले यस्ताे आराेप लगाएका हुन् । उनले अहिले पार्टी विभाजित हुँदा त्यसको असर आगामी निर्वाचनमा पर्ने बताए।

‘गगन थापाजीको महत्त्वाकाङ्क्षाले विदेशीहरूको इसारामा पार्टी दुइटा नबनाइदिएको भए, अब आउने निर्वाचनमा सङ्घीय, प्रदेश चुनाव एक्लै लड्दा पनि जित्ने अवस्था थियो। स्थानीय तहमा पनि हामी कब्जा गर्न सक्थ्यौँ तर अहिले छिन्नभिन्न,’ उनले भने ।

नेविसंघको पृष्ठभूमिबाट आएका सभापति थापासहित विश्वप्रकाश शर्मा, गुरुराज घिमिरेलगायतलाई टिके नेताको संज्ञा दिए।

उनले थपे, ‘गगन थापाजी, विश्वप्रकाशजी, गुरुराज घिमिरेजीहरू नेविसंघबाट आएका हुन्। यी नेताहरू प्रायजसो सबै टिके हुन्।’