एनपीएल सिजन–३: क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी भएको छ।

‘टुगेदर फर द गेम : अ पार्टनरसिप फर क्रिकेट’ नारासहित सार्वजनिक गरिएको यस साझेदारीले नेपाली क्रिकेटको प्रवर्द्धन तथा खेलकुद क्षेत्रको विकासमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने लक्ष्य राखेको छ।

क्लाउड एजुकेसन भिसाका अनुसार खेलकुदको विकास र क्रिकेटको प्रवर्द्धनका लागि निजी क्षेत्र तथा खेलकुद क्षेत्रबीचको सहकार्यलाई संस्थाले प्राथमिकता दिँदै आएको छ। काठमाडौं गोर्खाजसँगको साझेदारी पनि यही उद्देश्यमा केन्द्रित रहेको संस्थाले जनाएको छ।

यस सहकार्यबाट नेपाली क्रिकेटप्रति आकर्षण बढाउन, खेलसँग सम्बन्धित गतिविधिलाई प्रोत्साहन गर्न तथा खेलकुद क्षेत्रमा निजी क्षेत्रको सहभागिता थप विस्तार गर्न सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।