काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा अपराह्न साढे ५ बजेसम्म ५ हजार ६३३ मत खसेको छ।
निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी १ हजार २२५ मत खसेको छ। त्यस्तै, सुदूरपश्चिम र कर्णालीबाट ९८२, कोशीबाट ९४३, मधेशबाट ९००, लुम्बिनीबाट ८६० र गण्डकीबाट ७२३ मत खसेको छ।
निर्वाचन समितिका अनुसार मतदान निर्वाध रूपमा सञ्चालन भइरहेको छ। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले नयाँ कार्यसमिति चयन गर्न मतदान गरिरहेका छन्। ७ बजेसम्म मतदान हुनेछ।




प्रतिक्रिया