काठमाडौं । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई गृह मन्त्रालयले सेवाबाट बर्खास्त गरेको छ।
शुक्रबारदेखि लागू हुने गरी गरिएको कारबाहीमा दाहालले आचरण उल्लङ्घन, अनुशासनहीनता र संगठनको छविमा आँच पुर्याउने काम गरेको मन्त्रालयले जनाएको छ।
यसअघि सूचना चुहावटको आरोपमा असोज १९ गते निलम्बनमा परेका दाहालमाथि प्रधानमन्त्री तथा गृहमन्त्रीहरूको व्यक्तिगत सूचना चुहाएको आरोपसमेत लागेको थियो।




प्रतिक्रिया