काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार रहेकी विनिता खड्का पक्राउ परेकी छन् । शुक्रबार राति केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले उनलाई पक्राउ गरेको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कनेक्सन देखिएपछि खड्कालाई पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ ।
केही दिनअघि इजरायल पठाउने भनेर ठगी गर्ने भरत चौलागाईमार्फत् रामेछापकी खड्का जबरासम्म पुगेकी थिइन् । जबरासँग मिलेर मुद्दामा चलखेल गरेकी खड्काले छोटो समयमा भएको करोडौंको जायजेथा जोडेको आरोप लाग्ने गरेको छ ।
इजरायल पठाउने भनेर ठगी गरिएको पैसामा बालिका शिवाकोटी र भरत चौलागाईसँगै खड्कासमेत संलग्न रहेको स्रोत बताउँछ ।




प्रतिक्रिया