काठमाडौं, २३ असोज । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले मिसन साहसी कार्यशाला सुरु गरेको छ । २३ देखि २५ असोजसम्म राजधानीमा चल्ने कार्यशाला नारी सुरक्षा, आत्मविश्वास र आत्मरक्षाका लागि गरिएको प्राज्ञिकले जनाएको छ ।
कार्यशालाको उदघाटन नेपाल प्रहरीका पूर्व एआइजी दुर्गा सिंहले गर्नुभएको हो । उहाँले महिलामा आफ्नो सुरक्षाका लागि सर्वप्रथम आफै आत्मविश्वासी र सशक्त हुनुपर्ने भावना जाग्नुपर्ने बताउनुभयो । नारीको सुरक्षा र सशक्तिकरण देश र समाजका लागि प्राथमिक रहेको बताउनुभयो ।
प्राज्ञिक विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष प्राध्यापक डा. दरायाम भुसालले मिसन साहसीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उहाँले नारीको सम्मान र सुरक्षाले देश बलियो हुने बताउनुभयो ।
कार्यक्रममा प्राज्ञिकका राष्ट्रिय महासचिव दिनेश कार्की, राष्ट्रियछात्रा प्रमुख सुस्मा तिवारी, सचिव मुना बिष्ट, बागमती प्रदेश सह छात्रा प्रमुख सिर्जना सिलवाललगायत प्रशिक्षार्थीहरुको उपस्थिति थियो ।




प्रतिक्रिया