कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणनाबारे छलफल जारी


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति र उपसभापति तथा महामन्त्री पदका उम्मेदवारहरूबीच छलफल सुरु भएको छ। मतगणना प्रक्रिया अघि बढाउने विषयमा आवश्यक परामर्श गर्न बैठक बोलाइएको हो।

सानेपामा जारी बैठकमा उपसभापति र महामन्त्री पदका उम्मेदवारहरू सहभागी छन्। उनीहरूसँगको छलफलपछि मतगणना सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ।

यसअघि शुक्रबार राति राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना सम्पन्न भएको थियो। उक्त मतगणनामा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै गगनकुमार थापा सभापतिमा निर्वाचित भएका थिए।

थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी खड्गीले ३७५ मत पाएका थिए।