गगन थापामाथि मोहन बस्नेतको आक्रोश, भने– ‘नामर्द, हुतीहारा र नालायक’


काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगनकुमार थापाको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कडा आलोचना गरेका छन्।

कांग्रेसको इतर पक्षले आयोजना गरेको काठमाडौं क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले थापामाथि विभिन्न आरोप लगाएका हुन्। उनले सिंहदरबारमा आगजनी गर्नेहरूसँग माफी मागेको भन्दै थापाको आलोचना गरे।

‘मैले गगन थापाजीलाई नामर्द, हुतीहारा, नालायक पनि भन्छु,’ बस्नेतले भने, ‘देशका सम्पत्ति खरानी गर्नेहरूसँग माफी माग्ने मान्छे को हुन्छ यो देशमा ?’

उनले नेपाली कांग्रेस बीपी कोइराला र सुशील कोइरालाले नेतृत्व गरेको पार्टी भएको उल्लेख गर्दै पार्टीको नेतृत्व र राजनीतिक अडानबारे प्रश्न उठाए।