कांग्रेसको महामन्त्रीमा पौडेल, राणा र संग्रौला विजयी


काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल, उदयशम्शेर राणा र डा. डिला संग्रौला (पन्त) निर्वाचित भएका छन्। खुलातर्फ प्रदीप पौडेलले सर्वाधिक ४ हजार १९४ मत प्राप्त गर्दा उदयशम्शेर राणाले २ हजार ३३० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

खुला महामन्त्री पदका अन्य उम्मेदवारमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४ र अमरसिंह पुनले १ हजार १२५ मत प्राप्त गरे। त्यसैगरी, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाएका छन्।

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनका प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत पाउँदा रीता खनालले ८०४ मत प्राप्त गरिन्।

यसैबीच, कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन्।