सप्तरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राजविराज क्षेत्रका जीर्ण सडक तत्काल मर्मतसम्भार तथा स्तरोन्नति गर्न र बिटौरी जग्गाधनीलाई लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन्।
जिल्ला प्रशासन कार्यालयमा सरोकारवाला कार्यालयका प्रमुख तथा जनप्रतिनिधिसँग साेमबार भएको बैठकमा उनले यस्ताे आग्रह गरेका हुन्।
चाडपर्वका बेला पनि राजविराजदेखि छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, रुपनी र कञ्चनपुरलगायत १२ स्थानका सडक जीर्ण हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको भन्दै उनले ती सडकको मर्मतसम्भार तथा स्तरोन्नतिको काम तत्काल अघि बढाउन आग्रह गरे।
बैठकमा उहाँले लालपुर्जाविहीन नगरवासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने उद्देश्यले जग्गा दर्तासम्बन्धी गठन आदेश, २०८३ मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको जानकारी दिए।
राजविराज नगर क्षेत्रका बिटौरी जग्गाधनीलाई दसैँअघि नै लालपुर्जा वितरण गर्न आवश्यक प्रक्रिया थाल्न पनि उनले आग्रह गरे।




प्रतिक्रिया