सरकार जनभावनाअनुसार चल्न सकेन- शंकर पोखरेल


दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले लोकतन्त्रको आधारभूत मूल्यमान्यतालाई पूर्ण रूपमा आत्मसात गर्दै आफ्ना गतिविधिहरू अघि बढाउनुपर्ने बताएका छन्।

प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा घोराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले मुलुकमा लोकतन्त्र स्थापनाका लागि महत्त्वपूर्ण योगदान पुर्‍याएको प्रतिपक्षी दललाई वर्तमान सरकारले बे-वास्ता गरिरहेको आरोप लगाए।

उनले जनताको इच्छा, चाहना र भावनाअनुरूप काम गर्नुपर्ने दायित्वमा वर्तमान सरकार पूर्ण रूपमा अलमलिएको टिप्पणी गरे। पुराना राजनीतिक दलका विगतका गल्ती-कमजोरीका कारण जनताले वैकल्पिक शक्ति रोजेको भए पनि सरकारले जनभावनाअनुसार गति लिन नसकेको उनको भनाइ थियो।