काठमाडौँ । नेपाली कांग्रेसको आदिवासी जनजाति क्लस्टरतर्फको मतगणना सम्पन्न भएको छ। सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ अत्यधिक मतका साथ विजयी भएका छन्।
लामाले ३ हजार २४५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६, तारामान गुरुङले ८६३, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गरेका छन्।
आदिवासी जनजातितर्फ महिलाका आठ पदका लागि ३४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। त्यस्तै, खुलातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार मैदानमा रहेका थिए।
महिलातर्फ निर्वाचित उम्मेदवारहरू
निर्वाचन समितिका अनुसार महिलातर्फ गीता गुरुङले २ हजार ८५९, डा. गङ्गालक्ष्मी अवालले २ हजार ७६८, रेणुका काउछ मगरले २ हजार ३९२, सपनाराज भण्डारी जोशीले २ हजार ३५१, सीता कुमारी राना मगरले २ हजार १३२, प्रमिला राईले २ हजार २०, लिलादेवी बोखिम लिम्बूले १ हजार ६८१ र पुनम लामाले १ हजार ६३६ मत प्राप्त गरी निर्वाचित भएका छन्।
खुलातर्फ निर्वाचित उम्मेदवारहरू
खुलातर्फ तीर्थ लामाले सर्वाधिक ४ हजार ४२५ मत प्राप्त गरेका छन्। त्यसैगरी, ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।प्त गरी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।




प्रतिक्रिया