आदिवासी जनजाति केन्द्रीय सदस्यमा तीर्थ लामालाई सर्वाधिक मत


काठमाडौँ । नेपाली कांग्रेसको आदिवासी जनजाति खुला केन्द्रीय सदस्यमा तीर्थ लामा सर्वाधिक मतसहित विजयी भएका छन्। उनले ४ हजार ४२५ मत प्राप्त गरेका छन्।

निर्वाचन समितिका अनुसार खुलातर्फ निर्वाचित अन्य उम्मेदवारमध्ये ई. अनुप श्रेष्ठले २ हजार ५५१, डा. प्रेमध्वज लामाले २ हजार ५०५, कर्मा छेरिङ शेर्पाले २ हजार ४०६, टेकप्रसाद गुरुङले २ हजार ९०, भीम श्रीस मगरले २ हजार ४६, रामकृष्ण चित्रकारले १ हजार ९८२, बुद्ध लामाले १ हजार ९५६, गेल्जे लामा शेर्पाले १ हजार ८१९, वंशलाल तामाङले १ हजार ७५६, अमृत गुरुङले १ हजार ६८९ र सुशील गुरुङले १ हजार ६४४ मत प्राप्त गरेका छन्।

खुलातर्फ १२ पदका लागि ४१ जना उम्मेदवार प्रतिस्पर्धामा थिए।