खरिपाटी सुकुमवासी होल्डिङ सेन्टरमा पुगे ऋषि धमला,दशैँ मनाउन गरे ३७ हजार सहयोग



काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले खरिपाटीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा रहेका परिवारलाई दशैँ मनाउन ३७ हजार रुपैयाँ सहयोग गरेका छन् ।


सोमबार होल्डिङ सेन्टरमा पुगेका धमलाले त्यहाँ रहेका सुकुमवासीसँग अन्तरक्रिया गर्दै उनीहरूको अवस्था र दशैँ मनाउने तयारीबारे जानकारी लिएका थिए ।


त्यसक्रममा होल्डिङ सेन्टरमा बसेकाहरूले सरकारले दिने भनेको २५ हजार रुपैयाँ राहत रकम नपाएको गुनासो गरेका थिए । उनीहरू तीन महिनादेखि होल्डिङ सेन्टरमै बस्दै आएको र आफूहरूलाई व्यवस्थित गर्नुपर्ने मागसमेत राखेका थिए ।


धमलाले दशैँ मनाउन खसी किनेर खानका लागि नगद ३७ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले उक्त रकम होल्डिङ सेन्टरका प्रमुख राजु ग्लानलाई हस्तान्तरण गरेका थिए ।

Skip This