काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मंगलबार (कात्तिक ३) राष्ट्रपति भवन शीतलनिवासमा नवकन्याको विधिपूर्वक पूजाअर्चना गरेका छन् । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपतिले परम्पराअनुसार नौ कन्याको पूजार्चना गरेका हुन् ।
नवरात्रमा नवदुर्गाका प्रतीकका रूपमा नौ कन्याको पूजाअर्चना गर्ने परम्परा छ । दुर्गाभगवतीका शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नौ स्वरूपको पूजा गरिन्छ ।
राष्ट्रपति पौडेलले नौ कन्याका गोडा धोएर टीका लगाइदिनुका साथै उपहार समेत प्रदान गरेका थिए । रासस




प्रतिक्रिया