सुदूरपश्चिमविरुद्ध लुम्बिनीले जित्यो टस


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेको छ ।

केहीबेरपछि सुदूरपश्चिमसँग हुने खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।