बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–३, माथिल्लो सिद्धबाबा क्षेत्रमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
दुर्घटनामा गुल्मीको धुर्कोट गाउँपालिका–४, जैसीथोककी ३७ वर्षीया माया कुँवरको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । घाइते स्कुटर चालक ३६ वर्षीया केशरी कुँवरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार साँझ करिब ५:१५ बजे गुल्मीबाट पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
उपचारकै क्रममा माया कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया