काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक गेस्ट हाउसबाट प्रहरीले ब्राउन सुगरसहित दुई जना पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको फालेलुङ ५ का ४२ वर्षीय सुन्दर राई र ४२ वर्षीया रविना राई रहेका छन् ।
काठमाडौं महानगरपालिका ३२ स्थित विश्राम गेस्ट हाउसबाट उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
गए राति सशस्त्र प्रहरीको टोलीले उनीहरूको साथबाट १ सय २० ग्राम ब्राउन सुगर सहित उनीहरूलाईज्ञ नियन्त्रणमा लिएको उनले बताए ।




प्रतिक्रिया