नागरिक उन्मुक्ति पार्टीको बैठक सर्‍यो,कारण यस्ताे…


काठमाडौँ । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालको केन्द्रीय समिति बैठक स्थगित भएको छ । कात्तिक १३ र १४ गतेका लागि तय गरिएको बैठक अब मंसिर ५ र ६ गते बस्ने गरी नयाँ मिति निर्धारण गरिएको हो ।

पार्टी अध्यक्ष कबिर सोपका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरेपछि बैठक सार्ने निर्णय गरिएको हो ।

पार्टीको केन्द्रीय समिति बैठक कैलालीको टीकापुरस्थित पार्टी कार्यालयमा आयोजना हुनेछ ।

बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ । साथै, आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनको तयारी तथा चुनावसँग सम्बन्धित विषयमा समेत छलफल हुने अध्यक्ष सोपले जानकारी दिएका छन् ।