विराटनगरसँग सुदूरपश्चिम ३५ रनले पराजित


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ।

विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो। यससँगै विराटनगरले प्रतियोगितामा पहिलो जित निकाल्दै २ अंक जोडेको छ।

विराटनगरको जितमा आन्द्रे रसेलले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे। उनले अविजित २९ रन बनाउनुका साथै १ विकेट र १ क्याच लिए। शेहान जयासूर्याले सर्वाधिक ३९ तथा लोकेश बमले २५ रन बनाए।

जवाफमा सुदूरपश्चिमका स्कट कुगेलेइनले अविजित २८, सैफ जैबले १७ र आरिफ शेखले अविजित १७ रन बनाए। विराटनगरका रसेलले २ ओभरमा ८ रन दिएर १ विकेट लिए भने एन्जेलो म्याथ्युजले पनि १ विकेट लिए।

यस जितसँगै तीन खेल खेलेको विराटनगरले अंकको खाता खोलेको छ।