काठमाडौँ महानगरले तिहारमा फूल बिक्रीका लागि तोक्यो स्थान


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारको अवसर पारेर स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले महानगरले नेपाली किसानले उब्जाएका फूल बिक्रीका लागि निश्चित स्थानहरू तोकेको छ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला र सजावटका सामग्री बिक्री वितरणमा भने पूर्ण रूपमा रोक लगाएको छ ।

काठमाडौँ महानगरले नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको महानगर प्रहरी बलले एक सूचना जारी गर्दै सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न/नगराउन आग्रह गरेको छ । 

सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्रीहरू जफत गरिने कडा चेतावनी महानगरले दिएको छ ।

स्वदेशी फूल तथा माला बिक्रीका लागि बानेश्वर/शंखमूल क्षेत्रको एन.बि. सेन्टर, आइ प्लेक्स मल, सेल्स बेरी, बिग मार्ट शंखमूल, चाबहिल/सिफल क्षेत्रमा सिफल चौर, ए.सी. कम्प्लेक्स , चाबहिल गणेशस्थान तरकारी बजार, के.एल. टावर अगाडि, कालिमाटी/कलंकी/स्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलंकी भाटभटेनी, स्वयम्भू धर्म चक्र पार्क, गोङ्गबु/माछापोखरी/नयाँ बजार क्षेत्रः माछापोखरी बुद्ध मल, माछापोखरी गुणस्तर खाल्डो, नयाँ बजार भ्याली कोल्ड स्टोर, गोङ्गबु बिग मार्ट तोकेको छ ।