विराटनगर । आज बिहान सोलुखुम्बुमा दुईवटा हेलिकप्टर एक आपसमा ठोक्किँदा दुर्घटना परेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।
ल्यान्ड गर्ने क्रममा हेलिकोप्टर एक आपसमा ठोक्किँदा वसन्तकुमार बलरा माडुको मृत्यु भएको हो। उनी भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनमा शैलेश किसान पट्टेल घाइते भएका छन् । यस्तै, फिस्टेल एयरका पाइलट पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरीका अनुसार घाइते दुवैलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।




प्रतिक्रिया