काठमाडौं । पाठेघरको क्यान्सरबाट पीडित समाजसेवी तोया गिरीको उपचारका लागि नेकपा (एमाले) का युवा नेता तथा समाजसेवी डा. अबुल हुसेन अन्सारीले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
गम्भीर रोगसँग जुधिरहेकी गिरीको उपचारमा आर्थिक अभाव भएपछि डा. अन्सारीले मानवीय भावनाका साथ उक्त सहयोग गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत गिरीको उपचारका लागि सबैलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्नसमेत अपिल गरेका छन्।
गिरीलाई पाठेघरको क्यान्सर भएको पुष्टि भएपछि चिकित्सकहरूले क्यान्सर थप फैलिन नदिन यथाशीघ्र शल्यक्रिया गर्न सल्लाह दिएका छन्। चिकित्सकको सल्लाहअनुसार उनी आगामी १५ गते विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना हुने तयारीमा छिन्। पहिलो चरणको उपचार तथा शल्यक्रियाका लागि तत्काल करिब दुईदेखि तीन लाख रुपैयाँ आवश्यक रहेको जनाइएको छ।
गिरीका श्रीमानकाे केही महिनाअघि निधन भएको थियो। श्रीमानकाे मिर्गौलासम्बन्धी समस्याका कारण लामो समयसम्म उपचार गराउँदा परिवारको आर्थिक अवस्था कमजोर बनेको र अहिले आफ्नै उपचारका लागि समेत आर्थिक अभाव भएको जनाइएको छ।
डा. अन्सारीले समाजसेवामा लामो समय योगदान पुर्याएकी गिरीको जीवनरक्षाका लागि सबैले सहयोग गर्नुपर्ने बताएका छन्। उनले सानो सहयोगले पनि गिरीको उपचारमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै सहयोगी मनहरूलाई यस मानवीय अभियानमा जोडिन आग्रह गरेका छन्।
तोया गिरीको बैंक खाता





प्रतिक्रिया