अमेरिकामा मध्यावधि निर्वाचन : मतगणना सुरु, ट्रम्पले रिपब्लिकन उम्मेदवारलाई बधाई दिन थाले


भर्जिनिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको राजनीतिक प्रभाव परीक्षणका रूपमा हेरिएको मध्यावधि निर्वाचनको मतदान सकिएसँगै मतगणना सुरु भएको छ । मंगलबार भएको निर्वाचनमा प्रतिनिधिसभाका सबै ४३५ र सिनेटका ३५ सिटका लागि मतदान भएको हो ।

निर्वाचनका प्रारम्भिक परिणाम आउन थालेसँगै राष्ट्रपति ट्रम्पले रिपब्लिकन पार्टीका विजयी उम्मेदवारहरूलाई बधाई दिन थालेका छन् । गुआमको गभर्नर निर्वाचनमा रिपब्लिकन उम्मेदवार टोनी अडाको जितको प्रारम्भिक अनुमान सार्वजनिक भएपछि ट्रम्पले उनलाई बधाई दिएका छन् ।

उनले गुआमलाई परम्परागत रूपमा डेमोक्र्याटिक पार्टीको बलियो क्षेत्र मानिँदै आएको उल्लेख गर्दै त्यहाँको परिणामले देशका अन्य क्षेत्रमा पनि रिपब्लिकनलाई उत्साहित बनाउने आशा व्यक्त गरेका छन् ।

निर्वाचनमा आर्थिक अवस्था, आप्रवासन नीति, बन्दुक हिंसा, महँगी, रोजगारी, सामाजिक सुरक्षा र राजनीतिक ध्रुवीकरण प्रमुख मुद्दाका रूपमा देखिएका छन् । भर्जिनियाको मनाससमा मतदान गरेका मतदाताले आप्रवासीप्रति हुने भेदभाव, बन्दुक हिंसा र राजनीतिक विभाजनप्रति चिन्ता व्यक्त गरेका छन् । 

केही मतदाताले ट्रम्प प्रशासनको आर्थिक नीतिले धनी वर्गलाई फाइदा पुर्‍याएको तर न्यून आय भएका समुदायको समस्या बढाएको आरोपसमेत लगाएका छन्