१८ कात्तिक, गोरखा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने निर्णय सरकारको आफ्नै भएको बताएका छन्। उनले उक्त निर्णयमा पार्टीको प्रत्यक्ष संलग्नता नरहेको स्पष्ट पारेका छन्।
बुधबार गोरखामा आयोजित पत्रकार भेटघाटमा बोल्दै बुर्लाकोटीले आफू दिनभर जिल्लाका विभिन्न कार्यक्रममा व्यस्त रहेकाले पार्टीका कुनै पनि तहसँग यस विषयमा छलफल गर्न नपाएको जानकारी दिए।
पछिल्लो समय विकसित राजनीतिक तथा अन्य घटनाक्रमको समीक्षा गर्दै सरकारले आईजीपी परिवर्तन गर्नु उपयुक्त ठानेर निर्णय लिएको हुन सक्ने उनको भनाइ थियो।
सरकारले गर्ने हरेक निर्णयमा पार्टीसँग अनिवार्य रूपमा परामर्श हुनुपर्छ भन्ने नरहेको उल्लेख गर्दै उनले आईजीपी नियुक्ति सरकारकै अधिकार क्षेत्रभित्र पर्ने बताए।




प्रतिक्रिया