दानबहादुर कार्कीले बुझेनन् विशेष सुरक्षा सल्लाहकारको पत्र


काठमाडौँ। दानबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘विशेष सुरक्षा सल्लाहकार’ को नियुक्ति पत्र बुझ्न अस्वीकार गरेका छन्।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी)को जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार कार्कीले उक्त पदलाई अस्वीकार गर्दै पत्र नियुक्ति पत्र लिएका छैनन् ।

आफ्नो कार्यकाल बाँकी छँदै सरकारले गैरकानुनी र पूर्वाग्रहपूर्ण ढङ्गले प्रहरी प्रमुखबाट हटाएको भन्दै कार्की कानुनी उपचारका लागि आज सर्वोच्च अदालत पुगेका छन्।

उनले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन्।