काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा काभ्रे जाने भएका छन्।
नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिको आयोजनामा हुने नव निर्वाचित पदाधिकारीलाई बधाई तथा वृहत् रक्तदान कार्यक्रममा शर्मा प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका हुन्।
कार्यक्रम सनिवार बिहान ११ बजे बनेपा पार्टी भेन्युमा हुनेछ ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको कांग्रेस काभ्रेले जनाएको छ।




प्रतिक्रिया