काठमाडौं, २१ कात्तिक । यमपञ्चकको पहिलो दिन आज शनिबार देशभर कागको पूजा गरी काग तिहार मनाइँदैछ। धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूत मानिने भएकाले मिठामिठा खानेकुरा दिएर पूजा गर्ने परम्परा छ।
तिथि घटबढका कारण यस वर्ष कात्तिक २२ गते कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ। कात्तिक २३ गते गाईपूजा, २४ गते गोवर्द्धन तथा म्हः पूजा र २५ गते भाइटीका मनाइनेछ। भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे निर्धारण गरिएको छ।
काग तिहारका अवसरमा काठमाडौंका कागेश्वरी मन्दिरहरूमा विशेष पूजाआराधना गरिँदैछ।




प्रतिक्रिया